उम्मेदवारी घोषणा गर्दै रावलले गरे सम्पूर्ण नेता तथा कार्यकर्तालाई सहयोगको आह्वान


काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनले उम्मेदवारी घोषणा गरेका हुन् ।

उम्मेदवारी घोषणा गर्दै रावलले सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुलाई आफुलाई सहयोग र समर्थन गर्न आग्रह गरेका छन् । उनले भने – ‘अध्यक्षको पदमा मलाई आफ्नो अमूल्य मत प्रदान गरी पार्टीलाई नयाँ चरणको प्रगति र सशक्त भूमिकामा अघि बढाउन तथा नेपाल  नेपाली जनताको आकांक्षा, प्रगति र परिवर्तनको नेतृत्व गर्ने अवसर दिनहुन सम्पूर्ण प्रतिनिधि कमरेडहरुलाई हार्दिक अनुरोध गर्दछु’

रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनमार्फत अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै रावलले आफू एक्लै चुनाव लड्ने बताएका हुन् ।

सहमति गरेर मात्रै उम्मेदवारी गर्ने भन्ने पार्टीको कुनै निर्णय नभएको भन्दै आफ्नो उम्मेदवारीलाई अस्वभाविक मान्नुपर्ने कुनै कारण नभएको उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *