किन महासचिवमा पोखरेल नै चाहियो ? यस्तो छ कारण


काठमाडौं : नेकपा एमालेको दशौं महाधिवेशन नजिकिएसँगै नेतृत्वमा बहस सुरु भएको छ । पार्टी अध्यक्षपछिको शक्तिशाली पदका रुपमा रहेको महासचिव पदमा पार्टीका बैचारिक नेता शंकर पोख्रेलले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

शंकर पोखरेलले महासचिवमा उम्मेदवारी घोषणा गरेपछि एमालेका केन्द्रीय सदस्य नरुलाल चौधरीले नेता पोखरेल वैचारिक व्यक्ति भएकोले महासचिव पदका लागि सक्षम रहेको बताउनुभएको छ।

एमालेलाई बैचारिक नेतृत्वको अभाव रहँदै आएको र शंकर पोखरेल सक्षम नेतृत्व रहेको पनि चौधरीको भनाइ छ।

उहाँले एक अनलाइन अन्तर्वार्तामा भन्नुभएको छ, “आठौं महाधिवेशनमा कार्यकर्ताले विवेक गुमाउँदा क. शंकर पोखरेललाई विजयी बनाउन सकिएन, तर उहाँ जहिले पनि पार्टीको केन्द्रमा नै हुनुभयो । पार्टी समस्यमा रहँदा समस्यामुक्त पार्टी बनाउन लागिपर्नुभयो । अझ भनौं एमाले क. शंकर पोखरेलकै विचारमा अगाडि बढिरहेको छ ।”

साथै, शंकर पोखरेल तहको दूरदर्शी नेतालाई महासचिवका रुपमा देख्न एमालेका लाखौं कार्यकर्ताहरु हतारिएर बसेको र महाधिवेशनले कार्यकर्ताको मनोभावनाको कदर गर्नेमा दुई मत नरहेको पनि एमालेका केन्द्रीय सदस्य चौधरीले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *