आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि मुुख्यमन्त्री याँमलाल कँडेलले कर्णालीका निजि क्षेत्रका उद्योगी तथा व्यवसायीसँग छलफल गर्नुभएको छ ।
मुख्यमन्त्री कँडेलले निजि क्षेत्रको विकास, निर्माण, रोजगारी पर्यटनका बिषयमा महत्वपूर्ण भूमिका रहेको भन्दै निजि क्षेत्रका उद्योगी तथा व्यवसायीसँग मंगलबार छलफल गर्नुभएको हो । कर्णालीको विकासका लागि निजि क्षेत्रको महत्वपूर्ण भूमिका रहेको त्यसका लागि यहाँका उद्योगी तथा व्यवसायीको राय आवश्यक रहेका कारणले निजि क्षेत्रका उद्योगी तथा व्यवसायीसँग छलफल गरिएको उहाँले बताउनुभयो ।
मुख्यमन्त्री कँडेलले सरकारले ल्याउने विकास निर्माणमा अपनत्वको भावना नभए त्यसले सार्थकता नपाउने बताउनुभयो । उहाँले निजि क्षेत्र सवल नबन्दासम्म देशको विकास पनि नहुने भएकाले प्रदेश सरकारले निजि क्षेत्रसँग मिलेर काम गर्ने उल्लेख गर्नुभयो । ‘देशको विकास लागि निजि क्षेत्रको पनि महत्वपूर्ण भूमिका रहेको छ,’ कर्णालीको विकास हामी केन्द्र सरकारसँग चार–पाँच वटा माग राखेको छौं उहाँले भनुभयो, ।
यस्तै सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले सुर्खेत विमानस्थलको स्तरउन्नती गर्नुपर्ने, सुब्बाकुनादेखि बागँेसिमलसम्मको बाटो चार लेनबाट छ लेनको बनाउनु पर्ने सुर्खेत वीरेन्द्रनगर बजारलाई स्मार्ट सिटी बनाउनु पर्ने बताउनुभयो ।
कर्णाली उद्योग बाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीले कर्णालीको विकासका लागि विगतदेखि नै आफुहरुले प्रदेश सरकारलाई सुझाव दिँदै आएको र अहिले पनि कर्णालीको विकासका लागि मुख्यमन्त्री समक्ष केही माग राखिएको बताउनुभयो । नेपाल च्याम्बर अफ कमर्शका चिन्तामणी शर्माले कर्णालीमा अहिले पर्यटन लगाएतका क्षेत्रको प्रचुर संम्भावना भएकाले त्यसका लागि भारत लगाएतका देशमा कर्णालीको पर्यटन क्षेत्रको प्रसारप्रचार आवश्यक रहेको बताउनुभयो ।
