बाँके प्रहरीद्वारा लागू औषध मुद्दाका फरार प्रतिवादी पक्राउ


नेपालगन्ज : बाँके प्रहरीद्वारा लागू औषध मुद्दाका फरार प्रतिवादी पक्राउ गरिएको छ। पक्राउ पर्नेमा बाँकेको राप्ती सोनारी गाउँपालिका ५ बिनौनाका ५० वर्षिय चक्र बहादुर थारु रहेको प्रहरीले जनाएको छ।


थारुलाई लागू औषध मुद्दामा बाँके जिल्ला अदालतले मिति २०७७ साल १० महिना २२ गते ५ दिन कैद र ५० हजार जरिवाना तोकेको थियो।

तर हालसम्म फरार रहेका थारुलाई प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीलेमंगलबार पक्राउ गरि बाँके जिल्ला अदालतमा बुझाईएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *