सुचना तथा प्रसारण विभागका निर्देशक भट्टराई नेतृत्वको टोलीलाई नेपालगञ्जमा स्वागत


नेपालगन्ज : सुचना तथा प्रसारण विभागका निर्देशक सुदिप भट्टराई नेतृत्वको टोलीलाई नेपालगञ्ज विमानस्थलमा स्वागत गरिएको छ।

प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण घुम्ती शिविर कार्यक्रम सञ्चालनका लागि मुगु जान लागेको टोलीलाई युथ टुडे न्युजका सम्पादक एंव मानब अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्रका अध्यक्ष आलम खान र हाम्रो जनादेशका संचालक चन्द्र बोहराले स्वागत गर्नु भएको हो।

सुचना तथा प्रशारण विभागका निर्देशक सुदिप भट्टराई नेतृत्वको टोलीमा शाखा अधिकृत केशवराज शर्मा, लेखा प्रमुख केशव प्रसाद रेग्मी, प्राध्यापक डा. विजय मिश्रा, खगेन्द्र कार्की, अधिकार बुढा र बिष्णु सुबेदीलाई सम्पादक खानले खादा लगाएर विमानस्थलमा स्वागत गर्नु भएको थियो ।

प्रेसपास ल्याउने, नविकरण गर्ने तथा पत्रपत्रिका र अनलाईन दर्ता नविकरण गर्नका लागि काठमाडौं धाउनु पर्न दुर्गमका पत्रकारहरुको समस्यालाई मध्यनजर गर्दै विभागको टोली मुगुमै पुगेर सेवा दिने सुचना विभाग अनलाइन दर्ता शाखाका प्रमुख केशवराज शर्माले बताउनु भयो ।

प्रेसपास वितरणका साथै पत्रकारहरुका लागि क्षमता विकास तालिम समेत संचालन गरिने प्रमुख शर्माले जानकारी दिनुभयो ।

सूचना तथा प्रसारण विभागका निर्देशक भट्टराईले दुर्गमका पत्रकारहरुको राहतका लागि शिविर संचालन गरिदै आएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ रिपोटिङ संगै महत्वपुर्ण काममा प्रेस पास अति आवश्यक पर्छ । पत्रकारहरुको सुरक्षा बीमा तथा सरकारी सेवा सुविधा सुनिश्चित गर्नका लागि प्रेसपासको भुमिका विशेष रहन्छ ।’ सो कुरालाई ध्यानमा राखेर मुगुमा शिबिर संचालन गर्न लागेको बताउनु भयो ।

यसअघि विभागको टोलीले साविकको कर्णालीको केहि दुर्गम जिल्लामा प्रेसपास वितरणदेखि अनलाईन दर्ता शिविर संचालन गरेको थियो । विभागको टोलीलाई नेपालगञ्जबाट मुगु प्रस्थान गर्नु पुर्व सम्पादक खान र हाम्रो जनादेशका संचालक बोहराले स्वागत गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *