केपी ओलीलाई बाबुराम भट्टराईले दिए बधाई


काठमाडौं – एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा विजयी भएका केपी शर्मा ओलीलाई जनता समाजवादी पार्टी जसपाका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले बधाई दिएका छन् । नेता भट्टराईले सामाजिक सञ्जालमार्फत एमाले अध्यक्ष ओली र उनको टिमलाई बधाई दिएका हुन् । 

उनले  विगतका गलत विचार र कामबाट पाठ सिकेर बहुदलीय लोकतन्त्रमा जिम्मेवार प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न सद्बुद्धि प्राप्त होस् भन्दै शुभकामना दिएका छन् ।

उनले लेखेका छन् – “नेकपा (एमाले) महाधिवेसनबाट अध्यक्ष निर्वाचित हुनुभएका खड्गप्रसाद शर्मा ओली र वहाॅको टिमलाई हार्दिक वधाइ! विगतका गलत विचार र कामबाट पाठ सिकेर बहुदलीय लोकतन्त्रमा जिम्मेवार प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न सद्बुद्धि प्राप्त होस् भन्ने शुभकामना!”

ओलीले अध्यक्षमा उठेका अर्का नेता डा भीम रावललाई फराकिलो मतअन्तरले पराजित गरेका हुन् । निर्वाचनमा दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको थियो । जसमा ओलीले १८०८ मत ल्याएका हुन् भने रावलले २२३ मत ल्याएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *