कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक, ७ हजार ३६ परीक्षार्थीले ल्याए ‘ए प्लस’


काठमाडौं – कक्षा १२ को नतिजा प्रकाशित भएको छ । शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा प्रकाशित गरेको हो । 

बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार सात हजार ३६ परीक्षार्थीले ‘ए प्लस’, ४८ हजार २३९ परीक्षार्थीले ‘ए’,  ७० हजार एक जना परीक्षार्थीले ‘बी प्लस’, ९९ हजार ५३७ परीक्षार्थीले ‘बी’, ७५ हजार ८८ परीक्षार्थीले ‘सी प्लस’, २४ हजार ५१५ परीक्षार्थीले ‘सी’, तीन हजार ८७५ परीक्षार्थीले ‘डी प्लस’, २९६ परीक्षार्थीले ‘डी’ र १० हजार ७३ जनाले ‘ई’ ग्रेड ल्याएका छन् । 

कक्षा १२ को वार्षिक परीक्षा गत ३० भदौदेखि ८ असोजसम्म सञ्चालन भएको थियो । परिक्षामा तीन लाख ७४ हजार विद्यार्थी सहभागी थिए ।

यस्तै कोरोनाका कारण छुटेका ४१ जना परीक्षार्थीहरूले गत बुधबारदेखि परीक्षा दिइरहेका छन् । उनीहरुको पनि केही दिनमा नै नतिजा आउने बोर्डले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *