एमालेबाट निकालिएकाहरूलाई संसद्‌मा स्वीकारिँदैन : ओली


काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेले कारबाही गरेका व्यक्तिहरूलाई संसद्‌मा स्वीकार्न नसकिने बताएका छन् । शुक्रबार दोस्रोपटक पार्टी अध्यक्षको कार्यभार सम्हाल्दै ओलीले प्रश्न गरे, ‘हामीले निष्कासन गरेका व्यक्तिहरू संसद्‌भित्र राखेर कसरी संसद् चल्न सक्छ ?’

उनीहरू पुनः संसद्‌मा छिरे स्वीकार्न नसकिने उद्घोष गर्दै ओलीले थपे, ‘हामीले निष्कासन गरेका व्यक्तिहरू फेरि संसद्मा आउँछन् भने हामी स्वीकार गर्न सक्दैनौँ ।’ एमालेले गत साउन २३ गतेबाट बोलाइएको संसद् अधिवेशनअन्तर्गतको सबै प्रतिनिधि सभा बैठकहरू अवरुद्ध गर्दै आएको छ ।

यसपछि सरकारले पुनः मंसिर २८ गतेका लागि दुवै सदनको बैठक बोलाएको छ । पुनः एमालेले बैठक अवरुद्ध गर्छ ? भन्ने प्रश्नमा प्रतिनिधि सभाका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई भन्छन्, ‘त्यो संसदीय दलको बैठक बसेर टुङ्ग्याउँछौँ । हाम्रो माग-मद्दाको सम्बोधन भएको छैन । यस्तोमा अब के गर्ने भन्नेबारे संसदीय दलको बैठकले निर्णय गर्छौँ र अगाडि बढ्छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *