जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा कञ्चनपुरमा १५ जना घाइते


कैलाली-कञ्चनपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते भएका छन।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको अर्जुनी ब्यारेक नजिक से १ त ३८४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते भएका हुन।दैजीमा जन्ती पुगाएर कृष्णपुर नगरपालिकाको रैकवारविचवा फर्किने क्रममा ट्याक्टर दुर्घटना भएको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

घाइते मध्ये ६ जनाको अवस्था गम्भिर रहेको र, उनीहरुको उपचारका लागि धनगढी ल्याइएको प्रहरीले जनाएको छ।

गम्भिर घाइते हुनेमा कञ्चनपुरको लालझाडी गाउँपालिका – ९ का २२ बर्षिय ट्याक्टर चालक राम प्रसाद चौधरी, सोही ठाउँकी ५५ बर्षिय रानी राना, ६५ बर्षिय द्रोपती राना, ५० बर्षिय भन्टना रानाको पहिचान खुलेको भएपनि अन्य २ महिलाको भने पहिचान नखुलेको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

सामान्य घाइते ९ जनाको भने स्थानिय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *