नेपालगन्जको शिव शिखर बहुउद्देश्यीय सहकारीले गर्‍यो एटिएम सेवा सुरु


नेपालगन्ज : नेपालगन्जको न्युरोडस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले एटिएम सेवा सुरु गरेको छ।

सोमबार नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणाले एटिएम सेवाको उद्घाटन गरेका हुन्। सहकारीले सोमबारबाटै सेवा ग्राहीले एटिएम सेवा लिन सक्ने जनाएको छ।


सहकारीले अन्तर्राष्ट्रिय नेटवर्क चाईना युनिअन पे सँग सहकार्य गरी कोब्रान्डेड आधुनिक चिपमा आधारित डेबिट कार्ड समेत जारी गरेको छ । यस्तो डेबिट कार्ड भारतमा पनि सजिलै प्रयोग गर्न सकिने छ । अब शिव शिखरका सदस्यहरुले एटिएम कार्ड मार्फत सहज र सरल तरिकाले कारोबार गर्न सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *