`नेपाल आइडल सिजन ४´ आज बाट प्रसारणमा आउँदै


चर्चित रियालिटी सो नेपाल आइडलको नयाँ चौथो संस्करण ‘नेपाल आइडल सिजन–४’ आज बाट प्रशारणमा आउने भएको छ ।

एपिवान एचडी टेलिभिजनबाट राती ८ः३० बजे प्रसारण हुने आसिफ शाहले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका हुन् । यसपटक पनि कार्यक्रम सञ्चालन भने आसिफ साहले गर्नेछन् ।

 एपिवान एचडी टेलिभिजनबाट राती ८ः३० बजे प्रसारण हुने कार्यक्रमको निर्देशन लक्ष्मण पौडेलले गर्ने भएका छन् । शो मा यसअघिका निर्णायकहरुलाई राखिएको छैन् ।

यसपटक वरिष्ठ संगितकार शम्भुजित बास्कोटा, गायक सुगम पोखरेल र गायिका सुवानी मोक्तानलाई निर्णयकको रुपमा देख्न पाइने छ l यसअघि संगितकार न्यु बज्राचार्य, गायक कालि प्रसाद बास्कोटा र गायिका इन्द्रिरा जोशी निर्णायकको रुपमा थिए । शो निकै हिट भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *