नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पाटीलाई बलियो शक्ति बनाउनु पर्ने बताएका छन । नेकपा एमाले दाङ क्षेत्र नम्वर ३ ले दंगाली कम्युनिष्ट आन्दोलनका योद्धा जनताका प्रिय नेता श्रीमणी आचार्यको १४ औँ स्मृति दिवसका अवसरमा उरहरीमा आयोजित श्रीमणी स्मृति सभा कार्यक्रममा बोल्दै उनले देश र जनताको समृद्धिका लागी पाटीलाई बलियो शक्ति बनाउनु पर्नेमा जोड दिएका छन ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका महासचिव पोख्रेलले राष्ट्र र जनताको हितमा सधै काम गर्ने पाटी एमाले भएको बताएका छन। मुलुकको राजनिति अहिले दुई कित्तामा उभिएको बताउदै उनले नेकपा एमाले एकातिर र पाँच दलिय गठबन्धन अर्को तिर रहेको बताएका छन । पाँच दलिय गठन्धन सरकारले अहिले जनभावना अनुसार काम गर्न नसकेको बताएका छन ।केपी शर्मा ओली नेतृत्वको सरकारले तिन वर्षको अवधीमा जनभावना अनुसार धेरै महत्वपुर्ण काम गरेको उनले दावी गरेका छ्न ।
आफुहरुको नेतृत्वको प्रदेश र संघिय सरकारले तत्कालिन अवस्थामा गरेको काम र विकासले अत्तालिएर विपक्षहरुले घेराबन्दी गरी सत्ता आफनो हातमा पारेको उन ले आरोप लगाएका छन । केपी शर्मा ओली नेतृत्व सरकारले जनभावनालाई मध्येनजर गदै ठुलाठुला आयोजनाहरु अघि सारेको उन ले बताएका छन । बर्षौदेखी भुमिहिन सुकुमबासी र अव्यवस्थित बसोबासी जनतालाई लालपुर्जा दिने प्रक्रिया अघि बढाएको उनले बताएका छन। जव कम्युनिष्टको सरकार बन्छ तब जनप्रिय काम हुन्छन् उनले भने, तर विरोधीहरुले अनेकौँ झालझेल गरेर असफलबनाउने कोसीस गर्छन । स्थानिय निर्वाचन पछि आफुहरुले स्थानिय तह देखी प्रदेश र संघिय सरकारको नेतृत्व गरेकै गाउँ गाउँ सम्म सडक, विद्युत, खानेपानी, सिचाई, स्वास्थ्य, शिक्षा क्षेत्रको विकास भएको उनले बताए ।
