माननीय सांसद रेवतीरमण शर्माले महिला मुक्ती र महिला अधिकार प्राप्तीका लागी भएका संघर्षहरुलेनै अहिलेका उपलब्धीहरु हाँसिल भएको, प्राप्त उपलब्धीको रक्षा गर्दै संविधानमा उल्लेख गरिएका महिला अधिकारहरु कार्यान्वयन गर्न जोड दिनु भएको छ ।
अधिवेसन आयोजक कमिटिका संयोजक गोमा बस्नेतको अध्यक्षता तथा अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य सरस्वती गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रिय लेखा आयोगका सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले महिला मुक्ती र राजनैतिक परिवर्तमा महिलाहरुको अथक योग्दान रहेको स्मरण गर्नु भयो ।
महिला मुक्ती र संघर्षको क्रममा तत्कालीन राज्यसत्ताबाट कठोर यातना भोग्नुपरेको अवस्था पार गर्दै अहिलेको अवस्थामा आईपुगेकाले महिलाहरुको अधिकार प्राप्तीको संघर्षमा आफुहरुको समेत योग्दान रहेको बताउनु भयो ।
नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य गंगा थारु, नेकपा एमाले क्षेत्र नं. १ का ईञ्चार्ज नारायण डिसी छम्पाली, लमही नगरका अध्यक्ष दण्डिराम चौधरी, अनेम संघकी नेतृ शुसीला शर्मा, लक्ष्मी शर्मा लगायतका वक्ताहरुले मन्तब्य ब्यक्त गर्नु भएको थियो । पुनम घर्तीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण श्यामकला पोख्रेलले गर्नु भएको थियो । अधिवेसनले गोमा बस्नेतको अध्यक्षतामा ६७ सदस्यीय अनेमसंघ लमही नगर कमिटि गठन गरेको छ ।
