नेपालगन्जमा ह्वात्तै बढ्यो चिसो, जनजीवन कष्टकर


पौष महिना सुरु भएसंगै नेपालगन्जमा चिसो निकै बढेको छ। केही दिनदेखि त झन नेपालगन्जको तापक्रम ह्वात्तै घटेको छ।

मंगलबार बिहानैदेखी नेपालगन्जमा बाक्लो कुहिरो समेत लागेको छ भने हल्का रुपमा सितलहर समेत सुरु भएको छ । बिहानको समयमा कुहिरोका कारण दृश्यता कमजोर समेत भएको छ।

यस्तो अवस्थामा सुधार नआए केही दिनमै ह्वात्तै जाडो बढ्न सक्ने बताइएको छ। तापक्रम क्रमशः घट्दो क्रममा छ।

जसले गर्दा जनजीवन निकै प्रभावित समेत बनेको छ। त्यसो त, दैनिक ज्यालादारीमा परिवार पाल्ने मजदुरलाई निकै गाह्रो समेत भएको छ। दिनभर खुल्ला आकाशमुनी जाडोमा काम गर्नुपर्ने बाध्यता मजदुरमा छ।

जाडो छल्नका लागि नेपालगन्ज बासीले विभिन्न स्थानमा दाउरा बालेर ताप्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *