गोराथोकी (कोइराला)परिवारको दाङमा स्थापना गरिएको छ। पाराश्वर गोराथोकी अध्यक्ष रहने गरि १७ जनाको कार्यसमिति समेत् चयन गरिएको छ।
उपाध्यक्षमा हेमराज गोराथोकी, सचिवमा इश्वर गोराथोकी, सहसचिवमा हिमाल गोराथोकी, कोषाध्यक्षमा झग्गु केसी गोराथोकी अनि ५ सल्लाहकार सहित् १७ जना कार्यसमितिमा चनयन गरिएको छ।
प्युठान जिल्लाबाट बसाइसरी दाङ जिल्लाको बिभिन्न स्थानहरुमा बसोबास गर्ने गोराथोकी कोइरालाहरुबीच एकता कायम गर्नको लागि गोराथोकी (कोइराला) परिवारको स्थापना गरिएको बताइएको छ।
