बीजेपी मेयरलाई आम आदमीले हरायो, पहिलो पटक चन्डीगढमा आप बन्यो ठूलो पार्टी


भारतको दिल्लीमा पकड जमाएको आम आदमी पार्टीले दिल्ली बाहिर पनि आफ्नो उपस्थिति बलियो बनाएको छ । ​चन्डीगढमा भएको नगरपालिका चुनावमा आम आदमी पार्टी सबैभन्दा धेरै सिट जित्ने पार्टी बनेको छ । आम आदमी पार्टीले नगरपालिकामा ३५ मध्ये १४ सिटमा जित हासिल गरेको छ । 

त्यहाँ बीजेपीले १२ र काँग्रेसले ८ र अकाली दलले एक सिट जितेको छ । ​चन्डीगढमा बीजेपीका वर्तमान मेयर रविकान्त शर्माले चुनाव हारेका छन् । उनलाई आपका उम्मेदवारले पराजित गरे । आम आदमी पहिलो पटक चन्डीगढमा चुनावी मैदानमा उत्रिएको थियो । 


जितपछि दिल्लीका  मुख्यमन्त्री र आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले ट्वीट गरेर उम्मेदवार र कार्यकर्ता तथा मतदातालाई बधाई दिएका छन् । ​उनले ट्वीटमा भनेका छन्, “चन्डीगढ नगर निगममा आम आदमी पार्टीको यो जित पञ्जावमा आउने लागेको बदलाव हो।” गत निर्वाचनमा उक्त नगरपालिकामा बीजेपीले २० सिट जितेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *