नेपालगन्जस्थित कर्णाली प्रदेश मेडिकल स्टोरको क्वाटरमा एउटै परिवारका ४ जनाको मृत्यु


नेपालगञ्ज । भेरी अस्पताल नेपालगन्ज परिसरभित्र रहेको कर्णाली प्रदेशको क्षेत्रीय मेडिकल स्टोरमा कार्यरत ४ जनाको मृत्यु भएको छ ।

भेरी अस्पताल परिसरभित्र रहेको कर्णाली प्रदेशको क्षेत्रीय मेडिकल स्टोरमा कार्यरत कर्मचारी  पिली खाँडाचक्र नगरपालिका ६ कालीकोटका २३ बर्षीय धनप्रसाद भट्टराई, उनको ३ महिनाको छोरा इप्सन भट्टराई, आमा ४५ बर्षीया कोपिला भट्टराई र धनप्रसादकी  बहिनी २१ वर्षीया नन्दकली भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

No description available.

एउटै कोठामा बसेका उनीहरुको निसासिएर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको उनले बताए । घटनास्थलमा रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्री र एसपी अधिकारीले आफूहरु घटनास्थलमै रहेको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

स्टोरको कर्मचारीले काम परेपछि राती १ बजेतिर पटक पटक सम्पर्क गर्दा भट्टराई सम्पर्कमा आएका थिएनन् । विहान ६ बजेतिर कोठामा गएर हेर्दा उनीसहित चार जना मृत अवस्थामा भेटिएको एसपी अधिरकारीले जानकारी दिए । संगै कोठामा रहेका अन्य तीन जना अचेत अवस्थामा थिए । उनीहरुको भेरीमै उपचार भइरहेको छ ।

सच्चाइयो
यसअघि प्रहरीले भेरी अस्पतालको स्टोरमा कार्यरत कर्मचारीको अस्पताल क्वाटरमै मृत्यु भएको जानकारी संचारकर्मीलाई प्रेषण गरेको थियो ।

अस्तापलका मेसु डा वीरेन्द्रबहादुर चन्दले अस्पतालको कम्पाउण्डसँगै क्षेत्रीय स्टोर रहेकाले सूचना प्रवाहमा त्रुटि भएको जानकारी दिँदै घटनामा अस्पतालका कर्मचारी नपरेको जानकारी गराउनुभयो ।

समाचार शिर्षक समेत सच्चाइएको छ ।
सम्पादक

Leave a Reply

Your email address will not be published. Required fields are marked *