हराएका २ बालकलाई बाँके प्रहरीले लगायो अभिभावकको जिम्मा


नेपालगन्ज : बाँके प्रहरीले हराएका २ बालकलाई अभिभावकको जिम्मा लगाएको छ।

फेला पर्ने बालकहरुमा सुर्खेतको बिरेन्द्र नगर नगरपालिका ११ बस्ने भुवन बिकका छाेरा १५ वर्षिय मनोज बिक र सुर्खेतको बिरेन्द्र नगरपालिका १४ बस्ने तिल बहादुर थापाका १७ वर्षिय छोरा विजय थापा रहेको प्रहरीले जनाएको छ।

विगत ४ वर्षदेखि भारतमा हराएका ति बालकलाई फेला पारि न्यायपिठ बाल कल्याण समिती लखिमपुर खिरीले नेपाल स्थित आफन्त नेपाल संस्था बाँके मार्फत ईलाका प्रहरी कार्यालय जमुनाहमा बुझाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *