कोरोना बढेपछि दिल्लीमा सप्ताहन्तमा कर्फ्यू


एजेन्सी – नयाँ दिल्लीमा सप्ताहन्तमा कर्फ्यू लगाइने भएको छ । कोभिड संक्रमण बढेपछि दिल्ली सरकारले शनिवार र आइतबार कर्फ्यू लगाउने भएको हो ।

भारतमा नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ । मंगलबारसम्म एक हजार ७०० जनामा ओमिक्रोन देखिएको छ ।

संक्रमण बढेपछि सरकारले १५ देखि १८ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउन सुरु गरेको छ । भारतमा दैनिक कोभिड संक्रमितको संख्या औषतमा ३५ हजार पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *