नेपालगन्ज : लागू औषध सहित २ जनालाई बांके प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्वत जलजला गाउपालिका वडा नम्बर ९ बस्ने २८ वर्षीय विष्णु पुर्जा पुन र धादिङ निलकण्ठ नगरपालिका वडा नम्बर १ वस्ने २० वर्षीय सुजन तामाङ रहेकोे प्रहरीले जनाएको छ।
उनीहरूलाई बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ स्थित जमुनाह गाउँ नजिकैबाट विशेष सुराकीको आधारमा प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका २ जनाको साथबाट प्रहरीले ९ सय ९० ट्याबलेट लागू औषध नाइट्रोजन बरामद गरेको छ। साथै पक्राउ परेका दुबैजना माथि प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।
