नेपालगन्ज : बाँके प्रहरीले चोरी भएको मोटरसाइकल फेला पारेको छ। नेपालगन्ज उपमहानगरपालिका १४ गोसाईपुरवा बस्ने समही कोरीको साथबाट आइतबार बिहान प्रहरीले नेपालगन्जको जमुनाह गाउँ नजिकैबाट भे २ प ८६९५ नम्बरको मोटरसाइकल फेला पारेको हो।
होण्डा साईन मोटरसाईकल चोरी भएको भन्ने खबर प्राप्त भए पश्चात ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलिले नेपालगन्जको जमुनाह गाउँबाट भारत तर्फ लैजादैँ गर्दा मोटरसाइकल सहित कोरीलाई पक्राउ गरेको हो।
अहिले कोरीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइरहेको बताइएको छ।
