नेटवर्किङमा लगानी नगर्न राष्ट्र बैङ्कको चेतावनी


काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले नेटवर्किङ व्यवसायमा लगानी नगर्न चेतावनी दिएको छ। 

राष्ट्र बैङ्कले एक सूचना जारी गर्दै हाइपर फण्ड, जोसियएल, क्राउड वन, सोलेम्याक्स जस्ता पिरामिड व्यवसायमा लगानी नगर्न चेतावनी दिएको हो। नेटवर्किङ व्यवसायमा आबद्ध गर्न/गराउन आह्वान गर्ने गरेको भन्दै यस्तो व्यवसाय गैर कानुनी भएकाले सचेत हुन आग्रह गरेको हो। 

राष्ट्र बैङ्कले भर्चुअल करेन्सी र क्रिप्टोकरेन्सीमा कारोबार नगर्न भनेको हो। छोटो अवधिमा उच्च प्रतिफल पाउने आशा देखाउँदै भर्चुअल र क्रिप्टोकरेन्सी र त्यससँग सम्बन्धित हाइपर फण्डलगायत नेटवर्किङ व्यवसायमा लगानी नगर्न बैङ्कले भनेको छ। 

नेपालमा क्रिप्टोकरेन्सी तथा नेटवर्किङ व्यवसायले मान्यता नपाएकाले यस्ता गैर कानुनी वित्तीय औजारमा आबद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई पुँजी पलायन हुने भएकाले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न नहुन सूचना जारी गरिएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *