नेपालगन्ज : बाँके प्रहरीले ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–१० की ३५ वर्षीया मुन्नी जोलाह, नेपालगन्ज उपमहानगरपालिका–१६ बस्ने ३९ वर्षीय कल्लु जोलाह र ३५ वर्षीया जरिना अन्सारी रहेको बाँके प्रहरीले जनाएको छ।
उनीहरूलाई ३० ग्राम ब्राउन सुगरसहित नेपालगन्जको चौलिकाबाट पक्राउ गरिएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।
प्रहरी र लागु औषध व्यूरोको टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा मुन्नीले लगाएको सुइटरमा लागु औषध फेला परेको न्यौपानेको भनाइ छ ।
प्रहरीले उनीहरुको साथबाट ७० हजार ५ सय रुपैयाँ नेपाली र ७० हजार तीन सय ५० रुपैयाँ भारु गरी एक लाख ८३ हजार ६० रुपैयाँ समेत बरामद गरेको छ ।
उनीहरु लामो समयदेखि लागु औषधको कारोवार गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको पनि प्रहरीले जनाएको छ ।
