नेपालगन्ज : नेकपा एमालेको भात्री संगठन राष्ट्रिय युवा संघ नेपाल, बाँकेले नेपालगन्जमा मसाल जुलुस प्रदर्शन गरेको छ।
स्थानीय निर्वाचनको मिति तोक्न माग गर्दै युवा संघ बाँकेले मंगलबार एमाले पार्टी कार्यालयबाट सुरु गरि बिपी चोकमा लिएर मसाक जुलुस समापन गरेको हो।
स्थानीय तहको निर्वाचनको मिति तोक्न ढिलाई गरेको विरोधमा मसाल जुलुस गरिएको बताइएको छ।
स्थानीय निर्वाचनको मिति तोक्नुपर्ने मागका अलवा
इन्धनमा गरिएको मुल्यवृद्धि फिर्ता लिनुपर्ने, लिपुलेकस्थित नेपाली भूमिमा भारतले गरिरहेको सडक निर्माण कार्य रोक्नुपर्ने लगायतका मागहरू समेत मसाल जुलुसमा गरिएको थियो।
जुलुसमा नेकपा एमालेका केन्द्रीय सदस्य मोहम्मद हारुन, जिल्ला सचिव रत्न खत्री, युवा संघ बाँकेका संयोजक ज्ञानु ओली, कस्माखर बस्याल लगायतको सहभागिता रहेको थियो।
