नेपालले जित्यो मोरिससंगको दोस्रो खेल


काठमाडौँ । नेपालले मोरिसससँगको दोस्रो मैत्रीपूर्ण खेलमा १–० को जित हात पारेको छ । दोस्रो हाफमा तनाबपूर्ण भनेको खेलमा नेपाललाई जिताउन सुजल श्रेष्ठले गरेको गोल नै निर्णायक भयो । उनले खेलको दशौँ मिनेटमै गोल गरेका थिए ।

मरिससका खेलाडीले नेपालका अञ्जन विष्टमाथि ट्याकल गरेपछि खेल विवादित बनेको थियो । विवादका क्रममा नेपालका टिम ब्यवस्थापक मधुसदन उपाध्याय र गोलकिपिङ प्रशिक्षक विकाश मल्ल मैदानमा प्रवेश गरेका थिए । रेफ्री नविन्द्र महर्जनले नेपालका पुजन उपरकोटी र मोरिससका एड्रिन बोट्लर तथा प्रशिक्षक मल्ललाई रातो कार्ड देखाएका थिए । त्यसपछि शुरु भएको खेलमा मोरिससका इमानुएल फुलचन्दले पनि रातो कार्ड पाएपछि मोरिसस ९ खेलाडीमा सिमित हुन पुग्यो ।

नेपालले गोल गरेको ३ मिनेटपछि मोरिससले पाएको पेनाल्टीलाई नेपालका गोलकिपर तथा कप्तान किरण चेम्जोङले बचाएका थिए ।

नेपालका तेज तामाङ, र मनिष डाँगीले पाएको मौका सदुपयोग गर्न सकेनन् । दोस्रो हाफमा मनिसले दुईवटा सुन्दर मौका गुमाएका थिए । विमल घर्तिमगरले पनि एक मौका गुमाए ।

नेपालले पहिलो खेलमा पनि १–० कै जित हात पारेको थियो ।

नेपाल र मरिससले पहिलोपटक मैत्रिपूर्ण फुटबल खेलेका हुन् । तर दोस्रो खेलमा भएको तनाबले भने खेल खल्लो बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *