आचारसंहिता दलहरूले आफ्नै लागि बनाएको हो : मुख्य निर्वाचन अधिकृत


कार्यालय स्थापनासँगै मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानले बुधबार नै सरोकारवाला पक्षसँग निर्वाचन आचारसंहिता र निर्वाचनका कार्यक्रमलगायत विषयमा छलफल थालेका छन्।

राजनीतिक दलका प्रमुखसँग छलफल गर्दै न्यौपानेले निर्वाचन शान्तिपूर्ण र भयरहित बनाउने जिम्मेवारी दलहरुकै भएको बताए।

आचारसंहिता कार्यान्वयनमा दलहरु जिम्मेवार नभए निर्वाचन शान्तिपूर्ण हुन नसक्ने उनको तर्क थियो। “निर्वाचन आचारसंहिता आफ्ना लागि दलहरु आफैँले बनाएको हो, दलहरु नै यसको कार्यान्वयनमा जिम्मेवार बन्नुपर्छ”, उनले भने, “हामी कर्मचारीले निगरानी गरेर मात्रै कार्यान्वयन हुने विषय होइन।” बुधबार नै पत्रकारसँग छलफल गर्दै न्यौपानेले सही सूचना सम्प्रेषणमा ध्यान दिन आग्रह गरे। गलत सूचनाका कारण भय र द्वन्द्वको वातावरण सिर्जना हुनसक्ने भन्दै उनले निर्वाचनमा सफल बनाउने जिम्मेवारी सबैको भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *