मन्त्री आलेसँग एक रौं बराबरको पनि नैतिकता छ भने राजिनामा दिए हुन्छ : सुर्य थापा


काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले अश्लील शब्दसहित गाली गरेको अडियो सार्वजनिक भएको छ । मन्त्री आलेले भारतको मुम्बई बस्ने अछामका जगत ओलीलाई गरेको गाली फेसबुकमा सार्वजनिक भएको हो ।

कुराकानीमा मन्त्री आलेले पटक पटक अश्लील शब्दसहित ओलीलाई गाली गरेका छन् । यो भिडियो सार्वजनिक भएसँगै मन्त्री आलेको चर्को आलोचना भइरहेको छ। मन्त्री आलेले आफ्नाबारे नकारात्मक टिप्पणी लेखेको भन्दै मुम्बईमै पुगेर हात खुट्टा काट्ने समेतको धम्की दिएका छन् ।

अडियो सार्वजनिक भएपछि अहिले बिभिन्न नेताहरुले आलोचना गरिरहेका छन्। यसैबीच एमाले नेता सुर्य थापाले पनि आलोचना सहित फेसबुकमा स्टाटस लेखेका छन्। यदी मन्त्री आलेको एक रौ बराबरको नैतिक मुल्य मान्यता र सामाजिक लज्जाकाे अनुभूति बाँकी छ भने तुरुन्त आलेलाई बर्खास्त गर्न माग गरेका छन्। त्यस्तै थापाले माधव नेपाललाई आले जस्ता बेशरमका हरामी व्यक्तिलाई मन्त्रीकाे कुर्सीमा राखेर पाैने तीन कराेड सभ्य नागरिकमाथि अझै कति र कस्ताे शासन गरिरहनु हुन्छ? भनेर प्रश्न समेत गरेका छन्।

एमाले नेता थापाले लेखेको स्टाटस यस्तो छ

माधव कु. नेपालका राेलमाेडेल मन्त्रीकाे ‘एकीकृत समाजवादी पार्टी भाषा’ शरमहीन अधाेपतनका रूपमा सार्वजनिक भएछ। सुन्न पनि नसकिने लाजमर्दो शब्दमा गालीगलाेज र अपहरणको धम्की। अझ संस्कृति र पर्यटन मन्त्रीको कुर्सीमा रहिकन धेरै वटा कानुन एकैसाथ आकर्षित भए/गरेर कारबाही गर्नुपर्ने अपराधीकाे निर्लज्ज ढलीमली र उन्माद यत्रतत्र पाेखिएछ ! एक राैं बराबर पनि नैतिक मूल्य, मान्यता र सामाजिक लज्जाकाे अनुभूति बाँकी छ भने १० बज्दानबज्दै यसलाई बर्खास्त गरियाेस्! पार्टी फुटाएर मन्त्री हुन भेडाच्याङ्ग्रासरी बिक्री भएका वस्तुले सामाजिक मूल्य र लज्जाकाे ख्याल गर्न नसक्नु त एकदम स्वभाविक नै हाे। खासमा जे राेपियाे, त्यही त फल्याे! एउटा सुझाव- उसकाे अडियाे गठबन्धनका पाँचै मुख्य नेताजीहरूद्वारा एकै ठाउँ बसेर सामुहिक सुन्ने कष्ट पनि गरियोस् ।र, श्री माधव कु. नेपाल महाेदय यस्ता बेशरमका हरामी व्यक्तिलाई मन्त्रीकाे कुर्सीमा राखेर पाैने तीन कराेड सभ्य नागरिकमाथि अझै कति र कस्ताे शासन गरिरहनु हुन्छ? कालाे रूमालले मुख छाेपेर हिड्न थालिहाल्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *