आलेको अश्लील् अडियो सार्वजनिक गर्ने ओली भन्छन् : अडियो हिजो रातिको हो, पुरानो होइन


काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले अश्लील शब्दसहित गाली गरेको अडियो सार्वजनिक भएको छ । मन्त्री आलेले भारतको मुम्बई बस्ने अछामका जगत ओलीलाई गरेको गाली फेसबुकमा सार्वजनिक भएको हो ।


कुराकानीमा मन्त्री आलेले पटक पटक अश्लील शब्दसहित ओलीलाई गाली गरेका छन् । यो भिडियो सार्वजनिक भएसँगै मन्त्री आलेको चर्को आलोचना भइरहेको छ। मन्त्री आलेले आफ्नाबारे नकारात्मक टिप्पणी लेखेको भन्दै मुम्बईमै पुगेर हात खुट्टा काट्ने समेतको धम्की दिएका छन् ।


मन्त्री आलेको सचिवालयले भने तथ्यहिन आरोप लगाएर बदनाम गराउन खोजिएको दाबी गरेको छ । निरन्तर रूपमा मन्त्री आले तथा नेकपा (एकीकृत समाजवादी) का नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै पर्यटनमन्त्री आलेका प्रमुख स्वकीयसचिव हेमन्त रेग्मीले विरोध जनाएका हुन् ।

त्यस्तै मन्त्री आलेको सचिवालयले उक्त अडियो पदमा हुनुभन्दा अगाडी १ वर्ष पुरानो रहेको भनेर बिज्ञप्ती जारी समेत गरेक् छ। तर यता अडियो सार्वजनिक गर्ने ओलीले भने उक्त अडियो पुअरानो नभएर गएरातीको भएको जनाएका छन्। ओलीले मंगलबार दिउंसो आफ्नो फेसबुकबाट उक्त कुरा बताएका हुन्। ओलीले लेखेको स्टाटस यस्तो छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *