जिल्ला प्रशासन कार्यालय बाँके अगाडि एमसीसी विरुद्ध प्रदर्शन


नेकपा विप्लव नेतृत्वसहित ५ राजनीतिक दल र एक मोर्चाले संयुक्त रूपमा घोषणा गरेको नेपाल बन्दको आँशिक प्रभाव बाँके जिल्लामा पनि परेको छ । यसैक्रममा माओवादी निकट अखिल क्रान्तिकारी र वाइसिएल नेपालद्वारा नेपालगन्जमा प्रदर्शन गरिएको छ।

¥यालीसहित जिल्ला प्रशासन कार्यालय अगाडी भएको विरोध प्रदर्शनलाई सम्वोधन गर्ने नेताहरुले एमसीसी खारेज गर्नुपर्ने बताए ।

अखिल क्रान्तिकारीका नगर सचिव रतन शाहीले संसदबाट एमसीसी पास गराए आफुहरु चुप लागेर नबस्ने र थप सशक्त आन्दोलन चर्काउने चेतावनी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *