उच्च गुस्तरीय ढोका उत्पादन गर्दै एभरेष्ट प्लाईउड ढोका उद्योग


नेपालगन्ज : नेपालगञ्जमा उच्चस्तीय पलाई वुड ढोका उद्योग स्थापित भएको छ । एच डी एच एम आर एस शीटबाट निर्मित कोर फेस नलाग्ने उच्च घनत्व युक्त माईका प्रविधि मार्फत निर्मित उच्च गुणस्तरीय ढोका निर्माण गर्ने उद्देश्यका साथ आजबाट एभरेष्ट प्लाईउड ढोका उद्योगले आफ्नो उत्पादन सुरु गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ फुलटेक्रामा मुख्य कार्यालय रहने गरी उद्योगको औपचारिक सुरूवात गरिएको छ । “अधिकांश घरहरुमा बाहिरबाट आउने कम गुणस्तर भएका ढोकाहरुको प्रयोगले सेवाग्राही मर्कामा परेका छन।

तर हामीले उत्पादन गर्ने ढोकाहरुमा गुणस्तर युक्त कच्चा पदार्थ, उच्चतम प्रविधि, कुशल र दक्ष जनशक्ति प्रयोग गरी उत्पादन गरिने हुँदा सेवाग्राही सन्तुष्ट हुने कुरामा पूर्ण आशावादी छौ” उद्दघाटन समारोहमा बोल्दै सञ्चालक नरेन्द्र बहादुर ओलीले भने ।

एभरेष्ट प्लाईउड ढोका उद्योगले मुलुक भरिका ग्राहकको इच्छालाई मध्यनजर गर्दै जुनसुकै साइजको ढोका बनाउन सकिने बताईएको छ ।

पाउडर कोटिङ, सी एन सी राउटिङ, डिजिटल र साधारण गरी बिभिन्न प्रकारका ढोका निर्माण गरिने तथा स्वदेशी उत्पादनको प्रयोग लाई बढावा दिन स्थानीय सरकार , प्रदेश सरकार र संघीय सरकार समेतको हातेमालो आवश्यक हुने कुरा अर्का सञ्चालक प्रकाश राना ले बताए।

भरपर्दो गुणस्तरका लागि एभरेष्ट प्लाईउड ढोका उद्योग सदा समर्पित रहने हुँदा व्यवसायी र प्रयाेग कर्ताले ढुक्कसंग उपभोग गर्न सकिने उल्लेख गरिएको छ।

नेपालगजका लगनशील उद्यमी व्यवसायीहरुद्वारा वर्तमान परिस्थितिमा शाहस गरी सञ्चालनमा आएको यस एभरेष्ट प्लाईउड ढोका उद्योगले उपभोक्ताका आवश्यकता र चाहना पूरा गर्नेमा विश्वस्त हुन सकिने स्थानीयले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *