राजा त्रिभुवनको शालिक नेपालगन्जको त्रिभुवन चोकमा पुनः ठडाइयो


नेपालगन्ज : आज प्रजातन्त्र दिवस । देशभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदै छ। नेपालगन्जमा पनि विभिन्न संघ संस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

यसैबीच, प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार नेपालगन्जको त्रिभुवन चोकमा राजा त्रिभुवनको शालिक ठडाइएको छ। त्यसो त, यस् भन्दा अघि विभिन्न आन्दोलन गरेर चोकबाट त्रिभुवनको शालिक हटाइएको थियो।

अन्ततः नेपालगन्जमा पुनः राजा त्रिभुवनको शालिक स्थापना गरिँदा सम्पुर्णमा खुशीयाली छाएको छ। इतिहास मेटाउन नहुने भन्दै शालिकको पुनः स्थापनाको लागि आवाज उठ्दै आएका थिए।

शालिकको पुनः स्थापना कार्यक्रममा राप्रपा निकटका अधिकांश कार्यकर्ता लगायत सर्वसाधारण को उल्लेख्य सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *