नेपाल रेडक्रस सोसाइटी बाँकेको ३९औं बार्षिक साधारण सभा सम्पन्न


खजुरा : नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाले आफ्नो ३९औ जिल्ला वार्षिक साधारण सभा विहिवार खजुरामा सम्पन्न गरेको छ ।

खजुरा स्थित बागेश्वरी उपशाखाको आतिथ्यतामा सम्पन्न साधारण सभाको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख अजय कुमार श्रीवास्तवले रेडक्रस जस्तो मानविय सेवामा समर्पित सेवालाई थप सकृय वनाउन अनुरोध गर्नुभयो । रेडक्रसलाई “जँहा नपुगे रवि, त्यँहा पुगे कवि” भने झै विपद्को क्षेत्रमा कृयाशिल रहेको स्मरण गर्दै बाँके शाखाको भुमिका उत्कृष्ट रहेको वताउनु भयो ।

त्यसैगरि उद्घाटन कार्यक्रममा बोल्दै खजुरा गाँउपालिकाका प्रमुख किस्मत कक्षपतिले स्थानिय तहसगै रेडक्रस विपदमा सधैसगै रहेको बताउनु भयो । उहाँले निकट भविष्यमा क्यान्सर अस्पतालमा रक्तसंचार सेवा संचालनका लागि रेडक्रसलाई अनुरोध गर्दै विपद् भन्ने वित्तिकै सवैले सधै रेडक्रस सम्झने गरेको कुरा उल्लेख गर्नु भयो ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जिल्लामा रेडक्रसले कोभिड १९ लगाएत विपद व्यवस्थापनमा अग्रणी भूमिका खेलेकोमा प्रशसा गर्नुभयो । त्यसैगरि गैहसरकारी संस्था महासघ वाँकेका अध्यक्षले नमस्कार शाहले कोभिड १९ को महामारीमा रेडक्रस लगाएत संघसंस्थाले उल्लेख्य भूमिका निभाएको वताउदै रेडक्रसको कृयाकलापले महामारी नियन्त्रणमा सहयोग पुगेको वताउनुभयो ।

बागेश्वरी उपशाखाका सभापति जिवनाथ सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बाँके शाखाका सभापति गोर्वधन सिह सम्झनाले बाँके शाखाले कोरोना महामारीको चुनौतीका विच रेडक्रस स्वयमसेवकहरु परिचालन भएको जानकारी गराउनु भयो । उक्त सभामा बर्षभरी रेडक्रस अभियानलाई प्रसार प्रचार गरि योगदान गरेको जनमत अर्धसाप्ताहिकलाई उत्कृष्ट संचार प्रतिष्ठानको रुपमा नगद सहित सम्मान गरिएको छ । यसैगरि उत्कृष्ट उपशाखा सेवा पुरस्कारवाट बागेश्वरी उपशाखालाइ सम्मानित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *