रामकुमारी झाक्रीले भनिन्– एमसीसीबारे हाम्रा असहमति कायमै छन्


काठमाडौं– नेकपा एकीकृत समाजवादीकी सचिव एवं  शहरी विकासमन्त्री रामकुमारी झाक्रीले एमसीसीमा आफ्नो पार्टीका तर्फबाट धेरै असहमति रहेको बताइन्। तर,  संसद्‌मा छलफल हुनुपर्ने मान्यता राखेर नै टेबल गर्ने दिने पक्षमा निर्णय भएको उल्लेख गरिन्। 

एमसीसी टेबल भइसकेकाले यो संसद्को अभिन्न अंग भएको भन्दै अब यहीँभित्र छलफल हुने उनले बताइन्। संशोधन गर्ने कुरामा सरकारले सहयोग गर्ने र संशोधन गर्ने कुरा संसद्‌बाटै निर्णय हुने मन्त्री झाक्रीले बताइन्। 

‘हिजोको पार्टीको बैठकले संस्थागत धारणा राख्दै एमसीसीमा धेरै असहमति जनाएको छ। तर, संशोधन गर्ने ठाउँ  संसद् नै भएकाले हामी यो निर्णयमा पुगेका हौं’,  उनले भनिन्, ‘त्यहाँ खुल्ला छलफल गरौं। टेबल गर्न दिऊँ भन्ने पार्टीले सर्वसम्मत निर्णय गरेको हो। ’ 

‘अब संसद्ले के गर्न सक्छ त्यही गर्ने हो’,  उनले थपिन्, ‘हामीले पार्टीमा साझा धारणा बनाएर आएका थियौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *