कोहलपुरमा ट्रकले किच्दा प्रहरी जवान महिलाको मृत्यु


बाँकेको कोहलपुरमा ट्रकले किच्दा एक प्रहरी जवान महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी जवान कविता बुढाक्षेत्री रहेकी छिन् ।  

शम्शेरगञ्जबाट नेपालगञ्जतर्फ आउँदै गरेको ना ३ ख ६४३६ नं को ट्रक कोहलपुर चौराहमा अनियन्त्रित भई पल्टिँदा प्रहरी जवान बुढाक्षेत्रीको मृत्यु भएको हो । गएराति करिब १० बजे तीव्र गतिमा आएको ट्रक अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

तीव्रगतिमा रहेको ट्रक सुरुमा कोहलपुर चौराहको दक्षिणतर्फ रहेको डिभाइडरमा ठोक्किएको थियो । त्यस लगत्तै पश्चिमतर्फ सडक छेउमा डिउटी रहेकी प्रहरी जवानमाथि आएर पल्टिँएको थियो । 

बर्दियाको ठाकुरबाबा नगरपालिका–७ निवासी ३६ वर्षीया बुढाथोकीको कार्यक्षेत्रमा खटिएकै क्रममा मृत्यु भएको हो ।  ट्रकले किचिएर भे ८ ब ४०६८ र भे १० प ४६२४ नम्बरको दुई थान स्कुटीसमेत पूर्ण रुपमा क्षति भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *