न्यूनतम पारिश्रमिक वृद्धि गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन


संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) को आह्वानमा श्रमिक संघ संगठनहरुले काठमाडौँमा प्रदर्शन गरेका छन्।

बिहीवार काठमाडौँको रत्नपार्कमा श्रमिक संघ, संगठनहरूले न्यूनतम पारिश्रमिक वृद्धि गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन्।

महासंघले श्रम कानूनको कार्यान्वयन गर्न पनि माग गरेको छ। साथै ३० हजार ४ सय ४३ रुपैयाँ पारिश्रमीक सुनिश्चित गर्न, त्रिपक्षीय सहमतिमा पारिश्रमिक निर्धारण गर्न, श्रम कानून कागजमा नभइ व्यवहारमा लागू गर्न, सामाजिक सुरक्षामा सबै श्रमिकलाई सूचिकरण गर्न माग गर्दै प्रदर्शन गरेका हुन्।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) का अध्यक्ष जगत सिम्खडाले संविधानप्रदत्त श्रम ऐन बनिसकेपछि श्रम ऐनको दफा ११ मा श्रमिकको प्रत्येक दुई वर्षमा तलब भत्ता वृद्धि गर्ने भन्ने रहेको तर अहिलेसम्म हुन नसकेको बताए।

श्रमिकहरू महँगीको चपेटामा परेको बताए। तलब भत्ता वृद्धि हुनुपर्ने समय सापेक्षताअनुसार नभएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *