मानव बेचबिखन तथा ओसारपसारमा संलग्न लामा पक्राउ


काठमाडौँ । काठमाडौँमा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

मिर्गौला झिकेर बेच्न उद्देश्यले आर्थिक प्रलोभनमा पारेर दुई जनालाई काठमाडौँ महानगरपालिका-१६ माछापोखरीस्थित न्यू दक्षिणकाली होटलमा ल्याएर राखेको अवस्थामा बालाजुस्थित महानगरीय प्रहरी वृत्तको टोलीले मकवानपुर हेटौँडाका मोती लामालाई बुधबार पक्राउ गरेको हो ।

एउटा मिर्गौला झिक्दा खासै फरक नपर्ने रु ८ लाख कमाइ हुन्छ भनी दुई जनालाई ललाइफकाइ माछापोखरीको होटलमा ल्याएर राखेको अवस्थामा लामालाई पक्राउ गरिएको काठमाडौँ महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। भारत लैजान ठिक्क पारिएका उनीहरूलाई प्रहरीले उद्धार गरेको हो ।

पक्राउ परेका लामालाई मानव बेचबिखन तथा ओसारपसार उद्योगमा प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *