१२ लाखले युक्रेन छोडे: संयुक्त राष्ट्रसंघ


काठमाडौं- रुसले १० दिनदेखि गरिरहेको आक्रमणका कारण करिब १२ लाख मानिस युक्रेन छोडेको संयुक्त राष्ट्र सघंको शरणार्थी सम्बन्धी उच्च निकायले जनाएको छ।

पलायन हुनेको आधाभन्दा बढी संख्या छिमेकी मुलुक पोल्यान्डमा पुगेको तथ्यांकमा जनाइएको छ।

बिहीबारसम्म उपलब्ध पछिल्लो तथ्याङ्क अनुसार करिब ६५०,००० मानिस पोल्यान्ड पुगेका हुन्। त्यस्तै १५०,००० हङ्गेरी र बाँकी अन्य युरोपेली राष्ट्रहरूमा पुगेका छन्। छिमेकी मल्डोभा, स्लोभाकिया र रुमेनियामा बाँकी ठूलो सङ्ख्यामा शरणार्थीहरू रहेका छन्।

यूएनएचसीआरले भनेको छ”उनीहरूलाई सुरक्षा र सहयोगको खाँचो छ। अवस्थाबारे थाहा हुँदै जाँदा, अनुमानित ४० लाख मानिसले युक्रेन छोड्न सक्छन्।”

आक्रमण अघि युक्रेनको कुल जनसङ्ख्या करिब चार करोड ४० लाख थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *