थुनुवा एक कैदीको मृत्यु


 कैलाली कारागारमा एक जना थुनाको मृत्यु भएको छ । लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका घोडाघोडी नगरपालिका ३ का २० वर्षीय श्यामबहादुर थापा मगरको मृत्यु भएको कैलाली कारागारले जनाएको छ ।

जेलर नरबहादुर थापाका अनुसार सेती प्रादेशिक अस्पतालको आईसीयुमा उपचार गराइरहेका थापामगरको शुक्रबार राति मृत्युु भएको हो । थापामगर विगत दुई महिनादेखि फोक्सो सम्बन्धी समस्याका कारण बिरामी थिए । यही फागुन १९ गतेदेखि उनलाई अस्पतालमा भर्ना गरिएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *