आइतबार सेयर बजारमा उछाल, नेप्से परिसूचक १०१.०७ प्रतिशतले बढ्यो



काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा उछाल आएको छ। 

आइतबार सेयर बजार मापक नेप्से परिसूचक १०१.०७ अंकले बढेर २ हजार ६६७.९७ विन्दुमा पुगेको छ। त्यस्तै, नेप्सेको सेन्सेटिभ इण्डेक्स १६.३७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ६.७४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.१७ अंकले बढेको छ।

आइतबार कारोबारमा आएका २२८ कम्पनीको ९० लाख २२ हजार कित्ता सेयर ४ अर्ब ८७ करोड ७ लाख १५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। पछिल्लो दुई हप्ता निरन्तर रुपमा गिरावट भएको नेप्सेमा आइतबार लगानीकर्ताको आकर्षण बढ्दा एक सय अंकभन्दा बढीले बढेको छ।

नेप्सेका १३ उपसमूहकै परिसूचकमा हरियाली छाएको  छ। जसमा जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी ६.९५ प्रतिशत बढेको छ। त्यस्तै, होटल तथा पर्यटन, वित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ। 

यता व्यापार, विकास बैंक, निर्जीवन बीमा र लगानी उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेका छन्।

आइतबार नेप्से परिसूचकसँगै कारोबारमा आएका ५ कम्पनीको सेयर कारोबार सकारात्मक सर्किट लभेलमा कारोबार भएको छ। जसमा ज्योति लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, कर्पोरेट डेभलपमेन्ट बैंक र इमर्जिङ नेपालको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, सूर्या लाइफ इन्स्योरेन्स र मञ्जुश्री फाइनान्सको सेयरमूल्य बढेको छ।

कारोबार रकमका आधारमा ३४ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर कारोबार गरेर शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। त्यस्तै, अपि पावरको ३० करोडभन्दा बढीको सेयर कारोबार भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *