जनता सेवा अस्पतालमा बृहत रक्तदान, ४४ जनाले गरे रक्तदान


नेपालगन्ज उपमहानगरपालिका–६ फुलटेक्रामा रहेको जनता सेवा अस्पताल प्रा. लिमा आज बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ । जनता सेवा अस्पताल र रेडक्रसको सहयोगमा बृहत रक्तदान कार्यक्रम समपन्न गरिएको हो।

राष्ट्रिय युवा संघ नेपाल वडा नम्बर-६ ले आयोजना गरेको रक्तदान कार्यक्रममा ४४ जनाले रक्तदान गरेका छन ।

राष्ट्रिय युवा संघ नेपाल वडा नम्वर ६ का अध्यक्ष जितेन्द्र भारतीका अनुसार यो रक्तदान वडामा आजसम्मकै पहिलो हो । रक्तदान नै जिवन दान हो, ´भन्ने मुलमन्त्रलाई आत्मसाथ गरेर रक्तदान कार्यक्रम गरिएको उहाँको भनाइ छ ।

रगतको अभावमा कुनै पनि विरामीले मृत्युवरण गर्न नपरोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको उहाँको भनाइ छ । यो रक्तदानले मृत्युको मुखबाट धेरैलाई बचाउन सघाउ पुरयाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *