सुन तोलामा १८ सयले घट्यो


काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १८ सयले घटेर तोलाको एक लाख ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार सुन तोलाको एक लाख २ हजार ३ सयमा कारोबार भएको थियो । आज तेजाबी सुन तोलाको एक लाखमा कारोबार भएको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्यमा पनि घटेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले घटेर तोलाको १३८० मा कारोबार भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *