युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले सबै सामुदायिक विद्यालयहरु खेलमैत्री हुनुपर्ने बताउनुभएको छ ।
बाँकेको कोहलपुरमा रहेको ज्ञानज्योति माध्यामिक विद्यालयको ३७औं वार्षिक उत्सव समारोहमा बोल्दै मन्त्री अथकले स्थानियस्तरबाटै खेल गतिविधिलाई चलायमान गराउन हरेक विद्यालय खेलमैत्री हुनुपर्ने बताउनुभएको हो ।
सामुदायिक विद्यालयहरुले खेलकुदको विकासकालागि अहम भुमिका निर्वाह गर्नुपर्ने बताउँदै मन्त्री अथकले भन्नुभयो, “हाम्रा प्राय सबै समुदायिक विद्यालयहरु खेलमैत्री छन ।
संस्थागत भन्दा सामुदायिक विद्यालयहरुको आफ्नै खेल मैदान प्रयाप्त छन, त्यसको सदुपयोग गर्दै खेल क्षेत्रको विकासमा सामुदायिक विद्यालयहरुले अहम भुमिका निर्वाह गर्नुपर्छ ।”
