भालुबाङमा जनमोर्चा, माओबादी, कांग्रेस र एसका सयौं कार्याकर्ता एमालेमा प्रवेश


दाङ : पछिल्लो समय नेकपा एमालेमा प्रवेश गर्ने कार्याकर्ताको संख्या बढ्दो छ। देशका विभिन्न ठाउंहरुमा दैनिकजसो पार्टी प्रवेशका कार्यक्रमहरु भैरहेका हुन्छन्। दैनिकजसो सयौं कार्यकर्ता एमालेमा प्रवेश गरिरहेका हुन्छन्। यसैबीच दाङको भालुबाङमा पनि आइतबार पार्टि प्रवेशको कार्यक्रम आयोजना गरिएको छ।

जनमोर्चा, माओबादी, कांग्रेस र एसका सयौँ कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन्। नवप्रवेशीहरुलाई सम्मानका साथ पार्टीमा स्वागत गरिएको थियो। भालुबाङ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष जगत पोख्रेल र सिसहनिया उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष शान्त राज भण्डारीको नेतृत्वमा सयौले एमाले पार्टी प्रवेश गरेका हुन् ।

त्यसो त, नेकपा एमालेकी केन्द्रीय सदस्य गंगा चौधरी, केन्द्रीय सदस्य नरुलाल चौधरी, प्रदेश सांसद रेवती रमन शर्मा, सरवस्ती गौतम लगायतको उक्त पार्टी प्रवेश कार्यक्रममा सहभागीता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *