समाजवादी जनता पार्टी एमालेमा मिसियो


काठमाडौँ । समाजवादी जनता पार्टी नेकपा (एमाले)मा समाहित भएकाे छ । पूर्वमन्त्री प्रेमबहादुर सिंहकाे नेतृत्वमा रहेकाे समाजवादी जनता पार्टी नेकपा एमालेमा मिसिएकाे हाे ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा समाजवादी जनता पार्टीका अध्यक्ष सिंहले सिंगो पार्टी एमालेमा समाहित भएको घोषणा गरेका हुन् ।

सिंहले आफूले नेकपा एमाले छाडेर २०६२ सालमा समाजवादी जनता पार्टी गठन गरेको र अहिले आफ्नै घर फर्किएको अनुभूति भएको बताए ।

त्यस्तै, साेही कार्यक्रमबाट अभिनेत्री करिश्मा मानन्धर पनि एमालेमा प्रवेश गरेकी छन् । उनी केही समय तत्कालीन नयाँ शक्ति पार्टीमा सक्रिय थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *