काठमाडाैँ । नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि चैत मसान्तभित्र उम्मेदवारहरूकाे सिफारिस गरिसक्न मातहत कमिटीलाई निर्देशन दिएको छ ।
बुधबारबाट काठमाडाैँकाे बबरमहलस्थित कार्की बैङ्क्वेटमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले यस्ताे निर्देशन दिएका हुन् । ‘ढिलाेमा चैत मसान्तभित्रमा नाम सिफारित हुनुपर्छ,’ ओलीले भनेका छन् ।
एमालेले सफलताकाे संकल्पसहित चुनाव लड्नुपर्ने ओलीकाे भनाइ थियाे ।
