आचारसंहिता उल्लंघन नगरेको एकीकृत समाजवादी र राप्रपाको दाबी


नेकपा एकीकृत समाजवादी र राप्रपाले निर्वाचन आचारसंहिता उल्लघंन नगरेको दाबी पेश गरेका छन्।

निर्वाचन आयोगले सोधेको तीनदिने स्पष्टीकरण आज (शुक्रबार) बुझाएको एकीकृत समाजवादीले आचारसंहिता उल्लंघन हुने गरि सभा नगरेको दाबी पेश गरेको छ। राजेन्द्र लिङदेन अध्यक्ष रहेको राप्रपाले पनि आजै आयोगमा स्पष्टीकरण बुझाएको आयोगले जनाएको छ।

दुवै दलले बुझाएको स्पष्टीकरणको अध्ययन गरेर निर्णयमा पुग्न बाँकी रहेको आयोगका कानुन अधिकृत मधुकरप्रसाद पोखरेलले बताए। उनका अनुसार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज आयोगले सोधेको स्पष्टीकरण पत्र बुझेका छन्।

कांग्रेस पूर्वमहामन्त्री डा शशांक कोइरालाले पत्र बुझे पनि अहिलेसम्म स्पष्टीकरण बुझाएका छैनन्। वैशाख ३० मा हुने स्थानीय तहको चुनावका लागि आयोगले चैत २५ गते नै आचारसंहिता लागू गरिसकेको छ। गण्डकी प्रदेशका सभामुखलाई भने आयोगले फोन गरेरै स्पष्टीकरण लिएको पोखरेलले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *