नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिणाम देखिनेगरी स्थानीय चुनावमा केन्द्रित हुन निर्देशन दिएका छन् । पार्टीको तर्फबाट प्रेस नोट जारी गर्दै प्रवक्ता कृष्णबहादुर महराले पूर्व स्थायी समिति बैठकमा प्रचण्डले गठबन्धनमा सहभागी सबै दललाई एकतावद्ध बनाएर चुनावमा केन्द्रित गराउन माओवादीले ध्यान दिनुपर्ने बताए ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोल्दै प्रचण्डले माओवादीलाई माया गर्नेको संख्या बढ्दै गएको बताएका हुन् । देशैभर माओवादीप्रति व्यापक जनलहर आएको उल्लेख गर्दै उनले आगामी दिन यो गति अझै तीव्र हुने प्रचण्डको भनाई छ । पार्टीको दिनभरको गतिविधिलाई प्रेस नोटमार्फत सार्वजनिक गर्दै महराले पार्टी एकतामा जोडन पछिल्लो समय लहर नै आएको बताएका छन् ।
