एमाले अध्यक्ष ओलीको वडामा कांग्रेस प्यानलसहित विजयी


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मतदाता रहेको भक्तपुरस्थित सूर्य विनायक नगरपालिका–२ मा नेपाली कांग्रेसका उम्मेदवार प्यानलसहित विजयी भएका छन्।

वडाअध्यक्षमा नेपाली कांग्रेसका प्रदीप कार्कीको प्यानल नै विजयी भएको हो। उनले एमालेका विश्वराज विष्टलाई पराजित गरेका हुन्।

कार्कीले १ हजार ५११ मत प्राप्त गरे भने एमालेका विष्टले १ हजार ३०५ मत प्राप्त गरे । त्यस्तै सदस्यहरुमा कांग्रेसकै जर्नादन खड्का, भगत राना, कल्पना खतिवडा (दाहाल) रञ्जिता तिखत्री विजयी भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *