स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल सकियो, मतगणना नसकिएका ठाउँ खाली


स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल आज सकिँदैछ। २०७४ सालको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल आज सकिन लागेको हो। ७५३ वटा स्थानीय तहमा गरी ३५ हजार २२१ जना जनप्रतिनिधि छन्।

२०७४ मा स्थानीय निर्वाचन तीन चरणमा भए पनि सबै प्रतिनिधिको आजै कार्यकाल सकिन लागेको हो। बहालवाला जनप्रतिनिधिको पदावधि आज सकिने भएपछि स्थानीय तहको काम कारवाहीमा अवरोध हुने देखिएको छ।

तर, अधिकांश स्थानमा मतगणनाको काम सम्पन्न हुन सकेको छैन्। महानगर र उपमहानगरको मतगणनाको काम निकै सुस्त गतिमा भैरहेको छ। मतगणना नसकिएका पालिका भने जनप्रतिनिधिविहीन हुने भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *