पर्वतमा जिप दुर्घटना‚ १३ जना घाइते


पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित परादी नजिकै भएको सवारी दुर्घटनामा १३ जना घाइते भएका छन्।

बागलुङबाट पोखराका लागि छुटेको ग १ ज ७२५६ नम्बरको टाटा सुमो पोखराबाट कुश्माका लागि छुटेको ग १ ख ५२१८ नम्बरको बससँग जुध्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए।

जिप सडकबाट हुत्तिएर सडकबाहिरको नालीको भागमा पुगेको छ। केही घाइतेलाई जिपभित्रै च्यापिएको अवस्थामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेका थिए। घाइते सबैलाई उपचारका लागि पर्वत अस्पतालमा लगिएकोमा अवस्था गम्भीर रहेकाले पोखरा पठाइसकिएको र अन्य घाइतेको पनि परीक्षण र उपचार भइरहेको प्रहरीले बताएको छ। घाइतेहरूको पहिचान खुली नसकेको इन्स्पेक्टर अधिकारीले बताए।

ट्राफिक प्रहरी नारायण श्रेष्ठका अनुसार बस गलत लेनमा रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *